‘जय जय दुर्गे माता’ बोलको भजन सार्वजनिक


काठमाडौं। राजु श्रेष्ठ निर्देशित ‘जय जय दुर्गे माता’ बोलको भजन सार्वजनिकगरिएको छ । सरद कुमारी श्रेष्ठको शब्द रचनामा रहेको भजनमा ज्ञानु राना ,नारायण बाबु , शिशिर थापा र सरद कुमारी श्रेष्ठको स्वर रहेको छ ।

शिशिर थापाको संगीतमा रहेको भजनमा मुरली गोपाल देब ,सारङगी धर्म गन्धर्व र गितार दिपक थापाले बजाएका छन्। भरत बुढाथोकीको रिदम छ भने भजन सुर साधना एचडी डिजिटल स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो । रामेश्वर हुमागाईले छायांकन गरेको यस भिडियोलाई अमृतमान महर्जनले सम्पादन गरेका हुन् । दुर्गा भजन डि.ए.आर मुभि नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.