अबको १० बर्षे सम्म शाहरुखलाई ‘मिशन इम्पोसिबल’ जस्तो एक्सन फिल्म गर्ने इच्छा


एजेन्सी । बलिबुड अभिनेता शााहरुख खान ‘रोमान्स किंग’को रुपमा प्रख्यात छन्। उनले आफ्नो करियरमा डीडीएलजे, कुछ कुछ होता है, मोहब्बतें ,जब तक है जान र देबदास जस्ता रोमान्टिक फिल्ममा काम गरे । उनले आफ्नो करिअरमा रोमान्सवाला फिल्म नै बढी गरेका छन्।तर, अब उनलाई हलिउडको ‘मिशन इम्पोसिबल’ जस्तो एक्सन फिल्ममा काम गर्ने चाहाना भएको बताएका छन् ।

हालै एक अन्तर्वार्तामा शाहरुखले आफु ५७ बर्षे भइसकेको र अबको १० बर्षे सम्म एक्सन फिल्म खेल्ने इच्छा भएको बताए । उनले भने , ‘ मैले लभस्टोरी फिल्म नै बढी गरेको छु । भिलेन भएको केही फिल्ममा काम गरेको छु तर आजसम्म एक्सन फिल्ममा मलाई कसैले लिएको थिएन ।

शाहरुख स्टारर फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा रिलिज हुँदैछ । ‘वार’ र ‘ब्यांग ब्यांग’ जस्ता फिल्म बनाएका सिद्धार्थ आनन्दद्वारा निर्देशित फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ । फिल्ममा जोन अब्राहम खलनायकको भूमिकामा देखिनेछन् । ट्रेलरमा शाहरुख धमाकेदार एक्सन गर्दै देखिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.