‘कुभिण्डोको कथा’ का साथ अन्तर्राष्ट्रिय नाट्य महोत्सव सकिँदै



काठमाडौँ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सकिदैंछ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो ।

समापनको दिन दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन हुँदैछ । सो कार्यक्रममा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गर्नेछन् ।

त्यस्तै समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन हुँदैछ । मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको लोक कथामा आधारित यो नाटक प्रनिश मगरले लेखेका हुन् । विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

औपचारिक समापन कार्यक्रम भने साँझ ६ बजे हुँदैछ । जसमा नेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा तथा विभिन्न देशका निर्देशक, कलाकारहरुको आथित्यता रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.