जन्मदिनमा सानीयालाई कसले दियो सरप्राइज ?



काठमाडौँ । अभिनेत्री सानिया खानले आज शुक्रबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई गए राति नै परिवारका सदस्यले केक काटेर ‘बर्थ डे सरप्राइस’ दिएका हुन् । ‘एक्कासी बर्थ डे केक देख्दा सरप्राइस्ड भएँ,’ उनले भनिन्, ‘मलाई केही थाहा थिएन, उहाँहरुले तयारी गर्नु भएको रहेछ । एकछिन् त यो सपना त होइन ! जस्तो भयो ।’ सानीयाले यो आफ्नो कतिऔं जन्मदिन हो,त्यो भने खुलाएकी छैनीन् । आफ्नो जन्मदिन बिशेष रुपले मनाउन थुप्रै साथी तथा शुभचिन्तकहरुले पार्टी आयोजना गरिरहेको उनले सुनाइन् ।

पहिलो मुस्लिम नायिकाको रुपमा समेत परिचीत सानीया अभिनीत पछिल्लो फिल्म ‘हिड्दा हिड्दै’ माघ २० गते प्रदर्शन हुदैछ । ‘कुइनेटो’ ‘डोली’,‘प्रेमकाण्ड’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी पछिल्लो समय अभिनयका साथै सौन्दर्य ब्यावसायमा समेत ब्यस्त छिन् । देशबिदेशबाट आफन्त,साथी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेकोमा निकै खुशी लागेको उनी बताउँछिन् । उनलाई हाम्रो पनि शुभकामना ।