‘बीर विक्रम २’ को हिन्दी हिन्दि डब फिल्म रिलिज (पुरा चलचित्र)



काठमाडौँ। नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी डब यु ट्युबमा रिलिज गरिएको छ। हिन्दि भर्सनको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो । ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको हिन्दि भर्सन फुल मुभी ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। मिलन चाम्सको निर्माण तथा निर्देशनमा वि.सं २०७६ सालमा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा भन्छ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ हिन्दी भाषामा डबिङ गरिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल बताए। फिल्ममा पल शाह,वर्षा शिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी,क्षितिज सुबेदी खत्री लगायतको अभिनय छ।

Copyright © 2012 - 2026 | All Right Reserved.