प्रभाससँगको प्रेम सम्बन्धबारे कृतिले लेखिन- ‘सब अफवाह हो’


एजेन्सी । बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चा छ।अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् ।

फिल्म ‘आदिपुरुष’ को सेटमा प्रभासले घुँडा टेकेर कृतिलाई प्रेम प्रस्ताव राखेका थिए।केही दिनदेखि लगातार उनीहरूको प्रेम सम्बन्धलाई लिएर खबर आइरहेको छ। कृतिले उनको प्रस्ताव स्वीकार गरेको बताइएको छ।

उनीहरूको प्रेम सम्बन्धबारे वरुणले ‘झलक दिखला जा’को फाइनलमा उपस्थित हुँदा खुलासा गरेका हुन्। शोमा वरुण र कृति ‘भेडिया’ को प्रमोशनका लागि पुगेका थिए। उक्त शोमा वरुणले भने, ‘कृतिको दिलमा जो मान्छे छ, उनी यतिबेला मुम्बईमा छैन। उनी दीपिका पादुकोणसँग फिल्मको छायांकनमा व्यस्त छन्।’वरुणले प्रभासको नाम नलिए पनि उनले दिएको इसाराअनुसार प्रभासको कुरा गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ। किनकी यतिबेला प्रभास दीपिकासँग फिल्म ‘प्रोजेक्ट के’ को छायांकनमा व्यस्त छन्। वरुणको यस बयानपछि प्रभास र कृति इन्गेजमेन्टको तयारीमा रहेको खबर बाहिरिएको छ।

यसैबीच अभिनेत्री कृतिले उक्त खबर झुटो रहेको बताएकी छन्।

उनले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘यो न माया हो न पिआर। हाम्रो भेडिया रियालिटी शोमा केही ज्यादा जंगली भयो। उसको मजाक मस्ती ठूलो अफवाह बन्यो। केही सञ्चारमाध्यमले मेरो विवाहको मिति घोषणा गर्नुअघि म तपाईंहरूलाई यस सपनाबाट बाहिर ल्याउन सहयोग गर्नेछु। यो सबै अफवाह हो।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.