एक्सिस व्याण्डको नयाँ गीत भिडियो सार्वजनिक



काठमाडौं । साङ्गीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’ मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो गीतलाई व्याण्डले नयाँ रुपमा श्रोता तथा दर्शकमाझ ल्याएको हो ।

गीतमा सन्दिप विश्वकर्माको स्वर छ । गायक सन्दिपले गीतले केटाले केटीलाई जिस्क्याएको थिम बुझाउने बताए । उनले एलबम सन् २०१७ मा निकाले पनि कोरोना महामारीका कारण भिडियो बजारमा आउन ढिलो भएको खुलाए ।

नवाङ मोक्तान र अकेश ताम्राकार फिचर्ड भिडियोमा बल्लु र उमङ्ग शाहीको क्यामरा, सिद्धार्थ शाक्यको ड्रोन, बिजु बज्राचार्य र विकास खड्गीको सम्पादन तथा विकास खड्कीको भीएफएक्स तथा कलर ग्रेडिङ छ । भिडियो व्याण्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो ।

विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको ब्याण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ ।

व्याण्डले हालसम्म ‘अधुरो प्रेम(२००३)’, ‘मलाई माफ गरि देउ (२००९)’ र ‘घर गाउँ(२०१७)’ तीन एल्बम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।