विवाह बन्धनमा बाँधिए अभिनेता सलोन



काठमाडौं। अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।

सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए । संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ ।

सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । सलोनले मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा विवाहको रिसेप्सन पार्टी दिँदैछन्। बाल्यकालदेखि नै अभिनयमा सक्रिय सलोन विवाहपछि पिता शोभित बस्नेतले निर्माण गर्न लागेको सिनेमा ‘जय हो’मा काम गर्ने तयारीमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.