के नाना पाटेकरसँग फिल्म खेल्दैछन् प्रदीप ?


काठमाडौं । ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का पछिल्लो समय धेरैजसो मुम्बईमा रहने गरेका छन् । फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको भारत आउजाउ बढेको छ । निर्वाचनअघि दुवै केही हप्ता भारत बसेर फर्किएका थिए । चुनाव सकिएपछि फेरि उनीहरु भारत उडे । यतिबेला उनीहरु गोवामा छन् । ‘प्रेमगीत ३’ भारतमा रिलिजपछि दुवैको बलिउडकर्मीसँग पनि निकटता बढेको छ ।

यसैक्रममा, शनिवार गोवामा सन्तोष र प्रदीपले बलिउडका प्रख्यात कलाकार नाना पाटेकरसँग भेट गरेका थिए । पाटेकरकै घरमा उनीहरुको भेट भएको हो । निर्माता सेनले एक प्रोजेक्टको विषयमा कुराकानी गर्नका लागि भेट भएको जानकारी दिए । उनले भने( ‘हामी भारत र नेपालका कलाकारलाई लिएर फिल्म बनाउने योजनामा छौं । त्यसै शिलशिलामा उहाँसँग भेटघाट भएको हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.