चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कारको आरोपमा १३ वर्ष कैद सजाय


ऐजेन्सी । बेइजिङको एक अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई बलात्कार लगायतका अपराधमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।

बेइजिङको चाओयाङ जिल्ला अदालतले वुलाई सन् २०२० मा भएको बलात्कारको आरोपमा ११ वर्ष ६ महिना र सन् २०१८ को एउटा घटनामा “यौन प्रतिबन्धमा संलग्न हुन भीड जम्मा गरेको” आरोपमा १ वर्ष १० महिना कारागार सजाय सुनाइएको बताएको छ। उनि र अन्यले रक्सी सेवन गरि आक्रमण समेत गरेको उनलाई आरोप छ । अदालतले बलात्कारको घटनामा पीडित तीनै जनाले पनि मदिरा सेवन गरेको र सहमति जुटाउन नसक्ने बताएका छन् । सुनाइएको १३ वर्षे सजायपछि वुलाई तुरुन्तै देश निकाला समेत गरिने भएको छ ।

“तथ्यहरू‘अपराधको प्रकृति, परिस्थिति र हानिकारक परिणामहरू अनुसार अदालतले माथिको फैसला गरेको हो,” अदालतले विज्ञप्तिमा जनाएको छ ।

एक किशोरीले उनीसँग रक्सी पिई मातेको बेला यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन् । चीनमा बलात्कारमा ३ देखि १० वर्षसम्मको कैद सजाय हुन्छ यद्यपि असाधारण घटनाहरूमा मृत्युसम्मको कडा सजाय हुन सक्छ।

वू चीनको ग्वाङ्झाउ र भ्यानकुभर, ब्रिटिश कोलम्बियामा हुर्केका थिए। उनि चीनका एक समयका प्रख्यात कलाकार समेत थिए भने हलिवुड पनि चलचित्रमा खेलका थिए ।