प्रगती कि बिदेशी नक्कल ? नेफ्टा अवार्ड मलेसियामा


nefta award (सेलिब्रेटी नेपाल) ३० असार-राजधानीको एकेडेमी हल हुँदै पहिलेको बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको सविधान सभा भवन) र सोल्टी होटलमा सम्पन्न हुँदै आएको नेफ्टा अवार्डको छैठौं सस्करण मलेशियामा हुने भएको छ। नेफ्टा अवार्ड पहिलो पटक विदेशमा गर्ने भएको हो। नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्ड यो बर्ष मलेसियामा आयोजना हुने काठमाण्डौमा आयोजना गरिएको नोमिनेशन सार्वजनिक कार्यक्रममा जानकारी गराइएको हो।

चलचित्र ‘हो यही माया हो’का निर्माता सुवास गिरीको बिशेष पहलमा नेफ्टा अवार्ड यो बर्ष मलेसियामा आयोजना हुने भएको हो। प्राविधिक संघले यसअघि अवार्ड कार्यक्रम काठमाडौंको पाँचतारे सोल्टी होटलमा गर्दै आएको थियो।निर्माता सुवास गिरीले मलेसियामा रहेका नेपालीहरुले नेपाली चलचित्र र कलाकारहरुलाई अत्यन्त माया गर्ने बताउँदै नेफ्टा अवार्डलाई भव्य रुपमा सम्पन्न गरिने बताए। प्राविधिक संघका अध्यक्ष मनोज केसीले हालको संविधान सभाको हलबाट सुरु भएको नेफ्टा अवार्डको आयोजना सोल्टी हुँदै मलेसियामा पुगेकोमा खुशी लागेको बताए।

यो बर्ष नेफ्टा अवार्डमा ३१ विधामा अवार्ड वितरण गर्ने आयोजकले जनाएको छ । भरत शाक्य, विजयरत्न तुलाधार, जावेद शाह, प्रभावकरदेव श्रेष्ठ, सुनिल थापाको निर्णायक टिमले ३१ विधामा पर्न सफल चलचित्रकर्मीको नाम तय गरेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.