र्‍यापर कान्ये वेस्ट सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने


एजेन्सी । र्‍र्‍यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन् ।

उक्त चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रुपमा होस् भन्ने चाहना पनि उनले राखेका छन् । ट्रम्पले हालै सन् २०२४ को चुनावमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कान्ये सन् २०२० को राष्ट्रपति निर्वाचनमा लडेका थिए । तर उनको अभियानले मात्र ७० हजार मत बटुल्दै फ्लप बन्न पुगेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.