रणवीर र आलियाले राखे छोरीको नाम, अर्थ यस्तो


एजेन्सी । बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो इन्स्टाग्रामको एक लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् ।

आफ्नो सामाजिक सञ्जाल आफ्नी छोरीको नामको बारेमा जानकारी दिँदै आलिया भट्टले आफ्नो सोशल मिडिया अकाउन्टमा लेखेकी छिन्, ‘राहा भनेको आनन्द हो । संस्कृतमा राहा भनेको गोत्र हो । बंगालीमा यसको अर्थ सान्त्वना र राहत हो । अरबीमा यसको अर्थ शान्ति हो । साथै यसका अन्य धेरै अर्थहरू पनि छन् – स्वतन्त्रता र आनन्द । उनलाई पहिलो पटक आफ्नो हातमा लिँदा हामीले यी सबै अर्थहरु महसुस गर्यौँ । हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीलाई धन्यवाद राहा । हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्यो ।’