हिमाल र अनुको स्वरमा ‘ए होर माया’, भिडियोमा फिट विमल र सनिशा



काठमाडौं । ‘ए होर माया’बोलको नयाँ प्रेमगीत सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुशनले ल्याएको यस गीतमा चर्चित गायक–गायिका हिमाल सागर र अनु चौधरीले स्वर दिएका छन् ।
चर्चित मोडल विमल अधिकारी र नव–मोडल सनिशा भट्टराईको अभिनय रहेको भिडियो बिहीबार ‘भावना म्युजिक सोलुशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मोडल अधिकारीकै शब्द एवं संगीत रहेको यस गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।

पछिल्लो समयका चर्चित भिडियो निर्देशक मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा ‘ए होर माया’को भिडियो तयार भएको हो । लुम्बिनी, चितवनका आकर्षक लोकेशनमा भिडियो खिचिएको छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको अडियो कर्णप्रिय छ भने भिडियो निकै आकर्षक लाग्छ । यो गीतमा यसअघि नै धेरै टिकटक बनिसकेका छन् । गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाईरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.