पराजित हिमेश पन्तले कति ल्याए मत ?



काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्त प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । धादिङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार बनेका पन्तले १२ हजार ४७५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रबाट बागमती प्रदेशका मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे ३५ हजार ९३४ मतसहित निर्वाचित भएका हुन् । नेकपा एमालेका भुमि प्रसाद त्रिपाठीले २७ हजार ९५३ मत ल्याउँदा पन्त तेस्रो स्थानमा आएका हुन् ।

पराजित भएसँगै पन्तले हारबाट प्राप्त भएको अनुभव र सिकाईले भविष्यमा मजबुद नेतृत्व तयार पार्ने बताएका छन् । निर्वाचित पाण्डेलाई शुभकामना दिँदै पन्तले फेसबुकमार्फत भनेका छन्, ‘धादिङमा घण्टी राम्रैसँग बजेको छ । तर, अर्को पटक अझ सशक्त ढंगले घण्टी बजाउने प्रण गर्दछौं ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.