नेपाली समाजको यथार्थ घटना ढुवानी!दोस्रो प्रोमो सार्बजनिक (भिडियो)


dhuwani poster
(सेलिब्रेटी नेपाल) २९ असार-भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ढुवानी’ यतिबेला चर्चामा छ। कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन्। चेलिबेटी बेचबिखनका बिशयमा अनुसन्धान पछि निर्माण गरिएकाले पनि ‘ढुवानी’ले चर्चा पाएको हो। अर्कोतिर ‘ब्याच नम्बर १६’ निर्देशन गरेर चर्चा पाएका पाण्डेले निर्देशन गरेकाले पनि ‘ढुवानी’ धेरैको आशाको केन्द्रविन्दुमा रहेको छ। चलचित्रको पहिलो प्रोमोबाट राम्रो प्रतिक्रिया पाएको ढुवानी युनिटले आफ्नो दोस्रो प्रोमो सार्बजनिक गरेको छ। पछिल्लो समय प्रदर्शनमा आएका सबै जसो चलचित्र असफल भई रहेको बेलामा ढुवानीले राम्रो व्यापार गर्ने र नेपाली चलचित्र बजारको नयाँ ढोका खोल्ने आशा निर्माण युनिटले लिएको छ। नेपाली समाजको यथार्थ घटना बोकेको हुनाले पनि ढुवानीलाई धेरैले मन पराउन सक्छन भन्ने आशा गर्न सकिन्छ।

Chalak-dhuwani

Copyright © 2012 - 2026 | All Right Reserved.