एजेन्सी । गत ६ नोभेम्बरमा आलिया भट्टले छोरीलाई जन्म दिएकि छन्। हालै छोरीको जन्म हुनु अगाडि उनले मेरि क्यलेर म्यागजिनलाई दिएको आफ्नो एक इन्टरभ्युउ सार्वजानिक गरेको छ । जसमा उनले आफ्नो हुनेवाला बच्चाको बारेमा कुरा गरेकि छन् ।
इन्टरभ्युउमा उनले आफ्नो बच्चालाई मिडिया र लाइमलाइटबाट टाढा राख्ने बताएकि छन् । उनले भने, ‘बच्चाको अनुहार देखाउने नाम भन्ने र मिडियाबाट बाचाएर राख्ने कुराले मलाई चिन्तीत बनाउछ । मैले यसबारे आफ्नो परिवार,साथि र श्रीमानसगं धेरै डिस्कसन गरेकी छु । म चाहदिन मेरो बच्चाको जिवनमा मिडियाले चासो देखाउन किनकि उनलाई पछि यो फिल्डमा चासो नहुन सक्छ।’