उत्कृष्ट प्रस्तुति दिदै परिजिता द भ्वाइस को टप १० मा पुग्न सफल


काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो द भ्वाइस को टप १३ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिदै शीर्ष १० मा पुग्न सफल भएकी छिन्।

कोच जोन लिजेन्डको तर्फबाट उनले गत सोमबार बेलायती गायिका अडेलको ‘अल आई आस्क’नामक गीत प्रस्तुत गरेकी थिइन् । टप १३ लाइभ शोमा उनले कालो सारी लगाएर प्रस्तुति दिएकी थिइन्। कोच जोनले उनको पहिरनको तारिफ गर्दै भने, ‘तिमीले जहाँको प्रतिनिधित्व गर्दैछौं, त्यसलाई राम्रोसँग प्रस्तुत गरिरहेकी छौ। तिमी स्वर पनि फरक छ। तिमी हरेक गीतलाई सजिलै गाउन सक्छौ।’

एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले मत दिएको कारण उनी १० औ स्थान भित्र पर्न सफल भइन् । गत सोमबार भर्जिनियाको स्यानटिली सहरमा उनलाई हौसला दिन र मतदान त्यही गर्न नेपाली समुदायहरू भेला भएका थिए ।मतदान नोभेम्बर २२ तारिख बिहान ७ बजे अमेरिकी पूर्वीय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.