हलिउड अभिनेता क्रिस हेम्सवर्थले फिल्म अभिनयबाट विश्राम लिने


काठमाडौँ । ‘थोर’ र ‘एभेन्जर्स’जस्ता चर्चित हलिउड फिल्मका अभिनेता क्रिस हेम्सवर्थ बिरामी भएको कारण फिल्म अभिनयबाट विश्राम लिने भएका छन् ।

टेलिभिजनको हालैको एक ताजा एपिसोड ‘लिमिटलेस’मा अभिनेता हेम्सवर्थले यो कुरा बताएका हुन् । उनका अनुसार उनमा यो बिमारीको एक बलियो लक्षण देखिएको छ । क्रिसले यसअघि नै बताएअनुसार उनी वंशाणुगत अल्जाइमर रोगबाट पीडित छन् । दस वर्षदेखि नै आफूलाई यो रोगको लक्षण देखिन थालेको उनले बताएका छन् । तर, यसको कारण उनले काम छोड्नु चाहिँ परेन । घरमा गएर आफूले शान्तिपूर्वक बाँकी जीवन बिताउन चाहेको उनले बताएका छन्।‘अबको समय म बच्चा र पत्नीसँग बिताउन चाहन्छु’ उनले भनेका छन् ।

हलिउडका लोकप्रिय अभिनेतामा क्रिस पनि एक हुन् । अभिनयको माध्यमबाट उनले ठूलै संख्यामा दर्शकको मन जितेका छन् । उनका फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रै कमाएका छन् । उनी अभिनित हलिउड सुपरहिरो फिल्म ‘थोर-लभ एण्ड थन्डर’ हालै प्रदर्शनमा आएको थियो ।