‘सरी मम’ को ‘नि:स्वार्थ माया’बोलको गीत सार्वजनिक


काठमाडौँ । लागु औषध विरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ‘सरी मम’को ‘निस्वार्थ माया’ बोलको गीत सार्वजनिक भएको छ । प्रज्वल श्रेष्ठको स्वर, शब्द तथा संगीत संयोजन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नै देखिएका छन् ।

एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने उद्देश्य सहितफिल्म रिलिज गर्न लागेको निर्माता विनोद लामाले बताए । एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् । फिल्म किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको छ ।

फिल्म मंसिर १५ बाट प्रदर्शनमा आउने भएको छ ।