‘सोल अफ द कमाण्डो’ट्रेलरमा एक्सनलाई मन पराए दर्शकले



काठमाडौँ। आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सोल अफ द कमाण्डो’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । गत शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जंगल बचाउन एक आर्मीले तस्करसँग मोलेको दुश्मनीलाई देखाइएको छ । ट्रेलरमा अभिनेता राजकुमार राई एक्सन अवतारमा प्रस्तुत छन् भने अर्का अभिनेता नरेन खड्कालाई भिलेनको भूमिकामा देख्न सकिन्छ ।

ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक ट्रेलरलाइ सार्वजनिक भएको एक हप्तामा १ लाख ७६ भन्दा बढी भ्युज प्राप्त भएको छ। ७ हजार भन्दा धेरैले लाइक गरेको ट्रेलरमा ५ सय भन्दा धेरै कमेन्ट आएको छ। कमेन्ट गर्ने दर्शकहरुले एक्सन मन परेको र ट्रेलर राम्रो भएको प्रतिक्रिया दिएका छन्।

‘सोल अफ द कमाण्डो एक एक्सन प्रधान फिल्म हो । यस फिल्मले पुर्व खेलाडी अनि ब्रिटीस गोर्खा आर्माीको आफ्नो देश प्रतिको माया देश प्रतिको जिम्मेवारी भुमिका निभाउने सक्ने एक कमाण्डोको कथा बोल्छ । फिल्मले एक जिम्मेवार नागरीकले आफ्नो देशलाई सशक्त बनाउन गर्न सक्ने भुमिकालाई बोकेको छ । एक नेपाली नागरीक आफ्नो परिवार अनि देशको माया हुँदा हुँदै पनि बाध्य भएर आफ्नो मातृभूमि देखि टाढा रहन बाध्य नागरीक आफ्नो देशलाई पर्दा एक असल नागरीक देश प्रति जिम्मेवार हुदै आफ्नो राष्ट्रको लागि जे सुकै पनि गर्न तयार हुन्छ भन्ने मुल कथालाई चलचित्र ‘सोल अफ द कमाण्डो’ ले पर्दामा उतारेको छ ।

युवराज (वीरबहादुर) राईको निर्देशनमा तयार भएको चलचित्रमा राजकुमार र नरेनका अलवा शिशिर वाङ्ग्देल, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनिका राईको पनि अभिनय छ । चलचित्र मा मिलन राइको कथा र सनम जेबीआर रानाको पटकथा तथा संवाद छ ।

राजकुमारको २४ वर्षपछि चलचित्रमा कमब्याक गरेका हुन् । उनले सन् १९९८ मा चलचित्र ‘कमाण्डो’मा अभिनय गरेका थिए । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल उनी तेक्वान्दो खेलाडी हुन् ।

सिलिचुङ फिल्म प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता विजय एल राई, निर्माता मिलन राई, रवि थापा र धन लिम्बू छन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन, नहकुल खड्काको सम्पादन, सिमोन राजबंशीको कोरियोग्राफी, एनबी महर्जन र सानु कुमार महर्जनको द्वन्द्व निर्देशन छ । चलचित्रको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको हो ।