‘महापुरुष’को चौथो सातामा पनि कमाई उत्तिकै, कति कमाए

काठमाडौं । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ आज शुक्रबार देखि चौथो सातामा प्रवेश गरेको छ । चौथो शुक्रबार पनि मल्टिप्लेक्समा महापुरुषको दर्शक लोभलाग्दो छ । निर्माताले अहिलेसम्म फिल्मले सात करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको उल्लेख गरेका छन् ।

चुनाव छेकोमा पनि क्यूएफएक्स लगायतका मल्टिप्लेक्समा महापुरुषको कमाइ सुखद् छ । नेपालसहित अमेरिका, अस्ट्रेलिया र क्यानडामा समेत रिलिज भएको फिल्म आगामी नोभेम्बर २० देखि युरोपमा प्रदर्शन हुँदैछ । महापुरुषले विदेशबाट समेत राम्रो कमाइ गरेको अनुमान छ ।