इरफान खानका छोरा बाबिलको डेब्यु फिल्म ‘काला’ को टिजर रिलिज


काठमाडौं । दिवंगत बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खानको बलिउड डेब्यु फिल्म ‘काला’ को टिजर रिलिज भएको छ।

मंगलबार मुम्बईमा एक कार्यक्रम गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। यो फिल्ममा १९४० दशकको कलकत्ताको पृष्ठभूमि देखाइएको छ। फिल्ममा बाबिलसँगै तृप्ति डिमरी, अमित सियाल, वरुण ग्रोवरलगायत कलाकारको अभिनय छ।

सार्वजनिक टिजरमा एक गायिका र उनकी आमाबीचको सम्बन्धलाई देखाइएको छ। यसमा बाबिल खानको भूमिकाले कहानीमा छुट्टै मोड ल्याउँछ।

यो फिल्म १ डिसेम्बर नेटफ्लिक्समा रिलिज हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.