पापको भारी बोकिन सुष्मा कार्कीले


sushma-karki-new
(सेलिब्रेटी नेपाल) २८ असार-नायिका शुष्मा कार्की बास्तविक जीबनमा प्रेमी फेर्न माहिर छिन। सोही कारण उनी बेला–बेलामा चर्चामा आउँछिन् । यी अभिनेत्री यतीबेला भने प्रेमी फेरेकै कारण पापको भारी बोकेर चर्चामा छिन् ।हाल छायाँकन भईरहेको चलचित्र ‘पाप’को लागि उनले पापको भारी बोकेकी हुन्। मायाँ प्रेम गरेर विवाह गरेको पतिलाई धोका दिएर जब उनी अर्को युवासँग माया प्रेमको नाममा मोजमस्ती गर्छिन । अनि बोक्छिन् पापको भारी ।
यतीबेला काठमाडौंमा छायाँकन भईरहेको चलचित्र पापमा उनी यस्तै भूमिकामा छिन्। पतिको आँखा छलेर प्रेमीसँग मोज गर्दा उनले पापको भारी बोकेर सजाय भोग्नु पर्छ ।
बिहिबार काठमाडौंको अनामनगर स्थित नुतन स्टुडियामा उनी यस्तै प्रकारको दृश्य सो चलचित्रको लागि दिँदै थिईन् । शुष्माको प्रेमीको रुपमा आयुस रिजाल, र पतिको रुपमा ध्रुब कोईराला थिए । ध्रुब  र आयुसलाई मालिक बनेर खलअभिनेता केशब घिमिरेले अभिनयमा साथ दिईरहेको थिए । उनीहरुको आपसी झगडालाई दृश्यमा उतार्ने कार्य द्धन्द्ध निर्देशक रोशन श्रेष्ठले गरिरहेका थिए ।यो चलचित्रको निर्देशन एन आर घिमिरेले गरिरहेका छन् । पवन गौतमले छायाँकन गरिरहेको पापको निर्माण रामप्रसाद शर्मा, पार्वती शर्मा र चन्द्रमा पराजुलीले गरेका हुन्।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.