मंसिर ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मीलन’ को आइटम गीत सार्वजनिक



काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेताद्धय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफि रहेको छ ।

प्रविन थापा निर्माता रहेको यो चलचित्रमा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय रहेको छ । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.