‘उचाइ’ हेरेपछि दीपकराजले भने : भारतबाट नेपालको बिषयमा बनाएको राम्रो चलचित्र



काठमाडाैं। नेपालमा छायाङ्कन गरिएको बलिउड चलचित्र ‘उचाइ’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । नेपालमा ५० प्रतिशतभन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हेरेपछि अभिनेता दीपकराज गिरीले खुलेर प्रशंसा गरेका छन् । उनले ‘उचाइ’ हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मनछुने संवादहरुले आँखा रसाउने बताएका छन् ।

‘भारतबाट नेपालको बिषयमा बनाएको सम्भवत सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दिऔं’, उनले फेसबुकमा लेखेका छन । सुरज आर बडजात्या निर्देशित २ घण्टा ५३ मिनेट लामो चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ड्यानी डेन्जोङ्पा, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो चलचित्रलाई निर्माण गरिएको छ ।

सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ । राजश्री प्रोडक्शनले यो फिल्मलाई निर्माण गरेको हो ।