प्रियंका कार्कीको ‘कालो धन २’ सार्वजनिक (पुरा चलचित्र)



काठमाडौँ। चलचित्र ‘कालो धन २’ यु ट्युब च्यानलमा रिलिज गरिएको छ। ओएस आर डिजिटल मार्फत रिलिज चलचित्र ‘कालो धन २’ मा रमेश बुढाथोकी,प्रियंका कार्की,प्रमोद अग्रहरी,तारा केसी,सुरबीर पण्डित,शेखर चापागाईं,सुजित थापा, केशब सापकोटा,राजु भुजु,स्मृति श्रेष्ठ,अर्जुन बस्नेत,कैलाश रावल,जानुका पौडेल,सन्ध्या खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

शंकर धितालको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायांकन गोकुल अधिकारीले गरेका हुन्। कृष्ण प्रसाद मैनालीको कथा रहेको चलचित्रको सम्पादन भुपेन्द्र अधिकारीले गरेका हुन्। सामाजिक कथा बस्तुमा बनेको चलचित्रमा कलर रेनिश फागो,भिएफएक्स श्री कृष्ण श्रेष्ठ,पार्स्व संगीत बिनय राज अधिकारी,सहायक निर्देशन दिपिका भट्टको रहेको छ।