फिफा विश्वकप उद्घाटन समारोहमा निकी मिनाज र नोराको प्रस्तुति


काठमाडौं । मंसिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा बलिउड अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने निश्चित भएको थियो । अब नोरासगँ विश्वचर्चित गायिका निकी मिनाजले पनि प्रस्तुति दिने भएको छ ।

निकी मिनाजसँग नोराले फिफाको आधिकारिक गीत ‘लाइट द स्काई’को प्रस्तुतिमा सहकार्य गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यो गायनसँगै नोरा गायिकाहरु जेनिफर लोपेज र शकिराकै क्लबमा ज्वाइन हुनेछिन्, जसले यसअघिका विश्वकप उद्घाटन समारोहमा प्रस्तुति दिइसकेका छन् ।

नोरा यसअघि कतार विश्वकपको आधिकारिक गीतमा फिचर्ड भइसकेकी छिन्, जुन अक्टोबर ७ मा रिलिज भइसकेको छ । इभेन्टमा नोराले हिन्दी गीत गाउने भनिए पनि यसबारे औपचारिक जानकारी आइसकेको छैन । फिफा विश्वकप उद्घाटन समारोहमा निकी मिनाज र नोराको प्रस्तुति

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.