गुरु चेलाको भिडन्त


Dabab-Film-poster
(सेलिब्रेटी नेपाल) २८ असार- यो हप्ता दुई चलचित्र ‘दबाब’ र ‘नथिङ इम्पोसिबल’ रिलिज भएका छन्। ‘दबाब’लाई भानु महर्जनले निर्माण गरेका हुन भने ‘नथिङ इम्पोसिबल’ राजेन्द्र खड्गीको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र हो। संयोग कस्तो भने भानु र राजेन्द्र कुनै बेलाका गुरु चेला हुन। अर्थात राजेन्द्र फाइट डाइरेक्टर हुँदा भानु फाइटर थिए। तर समयक्रमसँगै अहिले राजेन्द्र फाइट मात्र नभई फिल्मकै डाइरेक्टर भएका छन् भने भानुचाहि निर्माता। यी दुई गुरुचेलामा कस्को जित हुन्छ ?

चलचित्र “दबाब”मा आर्यन सिग्देलको मुख्य अभिनय रहेको छ । निर्देशक दयाराम दाहाल द्वारा निर्देशित चलचित्र “दबाब” देशभरका प्रमुख हलहरुमा प्रदर्शनमा आएको छ । चलचित्र “दबाब” आर्यन सिग्देल र नायिका निता ढुङ्गाना,रबि गिरि आदिको अभिनय रहेको छ प्रेम कथामा आधारित चलचित्र प्रेम गर्दा के कस्तो दबाबको सामना गर्नु पर्छ भनेर देखाउन खोजिएको छ । बसन्त सापकोटाको संगीत रहेको चलचित्र दबाबमा कथा मनोज सापकोटाले लेखेका हुन् ।
nothing-imposible
नायिका रागिनी खड्गीका छोरा आर्यन खड्गीको मुख्य भूमिका रहेको चलचित्र नथिङ इम्पोसिबल आज बाट तिन दर्जन भन्दा बढी स्टेसनहरुमा एकै साथ् प्रदर्शनमा आएको छ। राजेन्द्र खड्गीको निर्माण , निर्देशन तथा एक्शन रहेको चलचित्र नथिङ इम्पोसिबलमा आर्यन खड्गी,कुसल थापा ,रोमी खड्गी.राजेन्द्र खड्गी, रागिनी खड्गी,सपना श्रेष्ठ ,रबिन्द्र खड्का आदिको अभिनय रहेको छ । ९ बर्ष को कलाकार आर्यन खड्गीको जोखिम पूर्ण एक्शन रहेको चलचित्र नथिङ इम्पोसिबल राजु केसीको छायाँकन लक्ष्मण शेष, मनोजराज भण्डारी र नेत्रविक्रम केसी संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.