पहिरनको कारणले उपासना विवादमा


काठमाडौं । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा परेकी छन् ।

‘चार घण्टा कुरेको’ बोलको उक्त गीतमा उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ । सुनिता श्रेष्ठले डिजाइन गरेको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा ‘स्वयम्भू’ र अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ । उपासनाको यो पोष्टमा फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रामक देखिएका छन् । उपासनाको यो पोष्टमा फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उपासनाको उक्त पहिरनले धार्मिक आस्था र विश्वासमा प्रहार गरेको भन्दै आपत्ति जनाएका छन् ।