आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रचना रहेको गीतमा संगीत एसडी योगीको रहेको छ। भिडियोमा अभिनेत्री बेनिषा हमाल र अभिनेता आर्यन सिग्देल फिचर्ड छन्। बेनिषा र आर्यनको जोडी सुहाएको छ। दुबैको अभिनय तारिफ योग्य छ। निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृस्ट बनाएको छ।

सार्वजनिक ‘आउन राजा’ बोलको गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। हरी हुमागाईंले छायाँकन गरेको भिडियोको कोरियोग्राफी सुभम भुजेलले गरेका हुन्। चानस पुन मगरको भिएफएक्स रहेको भिडियोमा सम्पादन प्रविन श्रेष्ठले गरेका छन्। भिडियो मौरी पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोको कार्यकारी निर्माता केदार भुषाल हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.