‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने



काठमाडौँ। २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ । चलचित्र ‘द सोल अफ कमान्डो’मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली चलचित्र क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन्।

चलचित्र’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु,सुष्मिता लिम्बुको पनि मुख्य अभिनय रहेको छ ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको, द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जनाएका छन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.