पुष्प र पूजा एक अर्काको मायामा भुतुक्कै भएपछि (भिडियो)



काठमाडौँ। चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।

रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।