‘लाखे’ को दोश्रो गीत ‘पैसाको बोट’ सार्वजनिक (भिडियो)



काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाखे’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पैसाको बोट’बोलको गीतमा र्यापर भ्योमाको स्वर तथा संगीत रहेको छ। सार्वजनिक लिरिकल भिडियोमा मुख्य कलाकारहरु बीच चोर र पुलिसको लफडा देख्न सकिन्छ। गीत ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

चलचित्र एक्सन, सस्पेन्स-थ्रिलर जनरामा निर्माण गरिएको छ । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.