सौगात र नम्रताको जात्रा


saugat-malla cbn

Namrata_Shrestha cbbbbbbbb(सेलिब्रेटी नेपाल) २६ असार-साला भिनाजु मिलेर बनाउन लागेको चलचित्रको नाम ‘जात्रा’ जुरेको छ। सानो संसार र कोही मेरो चलचित्र निर्देशन गरि सकेका आलोक नेम्वाङले आफ्नै भिनाजु पाइलट,अभिनेता तथा संचारकर्मी विजय लामाले निर्माण गर्न लागेको चलचित्रको निर्देशन गर्ने जिम्मेवारी सम्हाल्ने भएका हुन्। अहिले सम्म जोडीको रुपमा नदेखिएका नायक सौगात मल्ल र नायिका नम्रता श्रेष्ठले पहिलो पटक ‘जात्रा’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । सौगात र नम्रताले अलग फ्रेममा पछिल्लो समयमा छड्केमा देखिएका थिए । उनीहरुको यो जात्रा भने सेप्टेम्बरदेखि मात्र फ्लोरमा जानेछ। लुट बाट सफल नायक बनेका सौगात र मेरो एउटा साथी छ बाट सफल नायिका बनेकी नम्रता ले थुप्रै चलचित्रमा काम गरि सके पनि पहिलो चलचित्रको जस्तो सफलता हात पार्न सकेका छैनन्। अब यो जोडीको ‘जात्रा’ कस्तो हुनेछ पछि नै थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.