अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी



काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो ।

प्रहरी परिसर ललितपुरका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोर शौचालयको झ्याल हुँदै घरभित्र छिरेको हुनस प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.