साजन र सुशिला ‘बगैंचाको फूल’ मा रोमान्टिक बन्दै (भिडियो)



काठमाडौँ। गायक रामहरी भण्डारी र गायिका सुशिला लामाको सुमधुर आवाज रहेको ‘बगैंचाको फूल’ बोलको गीत बजारमा बाहिरिएको छ । अशोक कुमार सापकोटाको शब्द भरिएको गीतमा संगीत दिनेश श्रेष्ठले दिएका छन् । सुफिक्स मदनको एरेन्ज रहेको यस गीतमा गोविन्द सोनीको मिक्स मास्टरिङ रहेको छ ।

साजन पराजुलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा स्वंयम पराजुली र सबिता खड्काको अभिनय रहेको छ । मरुभुमी नारायणको छायांकनमा निर्माण गरिएको यस भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् । गीतको भिडियोलाई सुशिला लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।