वृद्ध अवस्थाका बाबु आमाको पिडा सर्ट फिल्म ‘धुकधुकी’



काठमाडौं। गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक गरिएको छ । वृद्ध अवस्थामा बाबु आमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने आमाबुबाको कथा पनि भनेको छ ।

रोगले ग्रस्त बाबुको परदेसिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टिका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुःख हेर्ने आमाको चाहना पुरा नभएको बिषय समेत फिल्मले देखाएको छ । २० मिनेटको फिल्म सुवास प्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । शिव ढकालको छायांकन, नहकुल खड्कोको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.