मेलिना र दिपकको डान्सिङ्ग नम्बर ‘चरी भररर’ मा आमेश र अस्मि (भिडियो)



काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन्।

सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। भिडियोमा प्रविन थापाको कोरियोग्राफी र आर.डि. दुलालको ड्रोन समाबेश छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोले दर्शक श्रोताको मन जित्नेमा निर्माण टिम बिस्वस्त छ। भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।