‘ के घर के डेरा’कस्तो रह्यो फिल्मको ओपनिङ कलेक्सन ?



काठमाडाैं। शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन औसत दर्शक पाएको फिल्म हेर्न शनिवार हलमा दर्शकको भीड देखिएको हो । शनिवार बिहानी शोबाटै हलमा दर्शकको राम्रो उपस्थिति थियो ।

निर्देशक दीपेन्द्र के. खनालले फिल्म हेरेर दर्शकहरू रमाइरहेको बताए । सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मले आउँदा दिनमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा भने ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । शुक्रवार र शनिवार कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरूमा पुगेका थिए । दर्शकबाट राम्रो रेस्पोन्स पाएपछि कलाकारहरू खुशी देखिएका छन् ।

क्यूएफएक्स, एफक्यूब, बिग, आईएनआईलगायत मल्टिप्लेक्समा फिल्मको ‘अकुपेन्सी’ बलियो देखिएको छ । उस्तै रेसियोमा देशभरका ‘सिंगल स्क्रिन’मा पनि राम्रो ‘अकुपेन्सी’ देखिन्छ । शुक्रवार फिल्मले ५० लाख हाराहारीमा ‘ओपनिङ’ गरेको जानकारी वितरक करण श्रेष्ठले दिए । ‘पहिलो दिन ५० को हारहारीमा ओपनिङ छ । शनिवार ८० देखि ९० लाख ग्रस आसपास हुने अनुमान छ’, श्रेष्ठले भने । शनिवारको ग्रस कलेक्सन आज (आइतवार) साँझसम्म प्राप्त हुनेछ ।

त्यसै पनि सोमवारदेखि तिहार बिदा एकसातासम्म भएकोले फिल्मलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.