मौसमीको आमा छोरा भित्रको कुण्ठा सार्बजनिक


Mausami-Kuntha
(सेलिब्रेटी नेपाल) २५ असार-आमा र छोरा बिचको द्धन्द्धलाई मुख्य रुपमा उठाइएको चलचित्र ‘कुण्ठा’मा अभिनेत्री मौसमी मल्ल मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्र ‘कुण्ठा’ युनिटले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि आफ्नो पोस्टर,प्रोमो तथा गीति  क्यासेट सार्बजनिक गरेको छ। चलचित्रमा क्यान्सर युक्त आमाको संघर्ष र त्यागबाट हुर्किएको छोरो कुलतमा फसे पछि हुने आमा र छोरा बिचको द्धन्द्ध देखाउन खोजियको छ।

Mausami-malla-kuntha

अनुप गिरीको निर्देशन एवम् सम्पादन रहेको चलचित्र ‘कुण्ठा’मा मौसमी मल्लका साथमा  रोविन पोख्रेल, सुरज केसी, सुवास गजुरेल, गणेश सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा किरण माइकलको लेखन, गीत तथा संगीत, निरज कडेलको छायांकन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.