राजेश हमाल र तेक्वान्दो खेलाडी हेमाको जोडी हँसियामा


Rajesh-Hamal

(सेलिब्रेटी नेपाल) २५ असार-दर्जनौ म्युजिक भिडियो निर्देशन गरि सकेका निर्देशक मिलन च्याम्प्सले पहिलो ठुलो पर्दाको चलचित्र निर्देशन गर्ने भएका छन्। च्याम्प्सले निर्देशन गर्न लागेको चलचित्र ‘हँसिया’ को आज मंगलबार कमलादी गणेश स्थानमा शुभ मुहर्त सम्पन्न भएको छ। नेपाली समाजमा विद्यमान हत्या हिंसाको विरुद्धमा कसरी लाग्नुपर्दछ भन्ने बिषयलाई यो चलचित्रले उठान गर्ने बताइएको छ । घाँस काट्ने हँसियाले चलचित्रमा भने अपराधलाई काट्ने भनिएको छ ।

Hansiya-Muhart
चलचित्रमा राजेश हमालको जोडी भएर तेक्वान्दो खेलाडी हेमा श्रेष्ठ नायिकाको रुपमा डेब्यु गर्दै छिन्। चलचित्रमा पूर्व मिस नेपाल रुवी राणाकी छोरी प्रशंसा शाह बालकलाकारको रुपमा देखिदैछिन् । अनुप सापकोटाको कथा, कल्याण सिंहको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व, रामकुमार केसीको छायांकन रहने यो चलचित्रलाई सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङले निर्माण गर्न लागेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, विशाल ढुंगाना, आलोक कार्की, विजय कुँवर, करन राई, शिशिर राना लगायतका कलाकारलाई पनि देख्न सकिनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.