काठमाडौँको यथार्थ कथा,‘के घर के डेरा’को शिर्ष गीत सार्वजनिक



काठमाडौं। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ओएसटीमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ । गीतका शब्दहरु रमाइलासँगै यथार्थपरक लाग्छन् ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाल लगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, सुब्रत राज आचार्य, डिपी खनाल र कोशिस क्षेत्रीको गीत रचना, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहेको चलचित्रको वितरण जिजिए ग्रुपले गर्नेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.