आँचलको मुख्य भूमिका रहने ‘नाईं नभन्नु ल ६’ बिहीबारदेखि फ्लोरमा जाने



काठमाडौँ। चलचित्र ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला ‘नाईं नभन्नू ल ६’ निर्माण हुने भएको छ । यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण तथा प्रदर्शन गरेका विकासराज आचार्यले नै ‘नाईं नभन्नू ल’ को निर्माण तथा निर्देशन गर्न लागेका हुन् । प्रेमकथामै सबै श्रृंखला हुँदै आएको ‘नाईं नभन्नु ल’ को छैटौँ श्रृंखला पनि प्रेमकथामा निर्माण हुन लागेको हो । बिहीबारदेखि छायांकन सुरु हुने ‘नाईं नभन्नू ल ६ ’ मा अभिनेत्री आँचल शर्मा र नव अभिनेता आर्शिवाद क्षेत्रीको प्रेम र रोमान्स समेटिनेछ । चलचित्रमा अनुभव रेग्मी सहित केही बालकलाकार समेतको अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

चलचित्रको कथा निर्देशक आचार्य आफैले लेखेका हुन् । पटकथा तथा संवाद भने उनले सामीप्यराज तिमल्सिनासँग मिलेर तयार पारेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने ‘नाईँ नभन्नू ल ६’ मा ९ वटा गीत रहनेछ । चलचित्रका गीतमा बसन्त सापकोटा र भुपेन्द्र रायमाझीको संगीत रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.