उदितनारायण झा दम्पति १० वर्ष पछि नेपाल आउंदै


udit-narayan-jha-dipa-jha
(सेलिब्रेटी नेपाल) २५ असार-लगभग दश वर्षपछि नेपाली गायक उदितनारायण झा पत्नी दीपा झाका साथ काठमाडौं आउने भएका छन्। नेपाल चलचित्र विकास कम्पनीले आगामी साउन ५ का दिन गर्न लागेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा सहभागी हुन झा दम्पती नेपाल आउन लागेका हुन्। यस भन्दा पहिले गोर्खा दक्षिण बाहु पदक ग्रहण गर्न उदित नेपाल आएका थिय। बलिउडमा गायक उदित नारायण झाका थुप्रै गीत हरु एकदमै हिट भएका छन्। कयामत से कयामत तकमा उदितले गएको पापा कहेते हे गीत हिट भए पछि उनले कहिले पछाडी फर्केर हेर्नु परेन। नेपाली चलचित्रमा पनि उदितले गएका प्राय जसो गीत हिट भएका छन्। सुपर हिट गायक उदित बेला बेलामा नेपाली कि भारती भनेर बिबादित पनि हुने गर्दछन्। उनि नेपाली नै हुन् नेपालमा थुप्रै गीत गाय पछि भारत छिरेका हुन्। उनकी पत्नी दिपा बलिउडमा त्यति जम्न नसके पनि नेपाली चलचित्रका गीतमा भने चलेकी छिन्। उनले गायका थुप्रै नेपाली चलचित्रका गीतहरु दर्शक श्रोताले मन पराएका छन्।

बलिउडबाट फिल्म तथा टेलिभिजन निर्माता संघका सभापति मुकेश भट्ट, भेनस फिल्मस्का गणेश जैन र उनका सेक्रेटरी हेमन्त सेठ, बालाजी फिल्मस्का प्रतिनिधि गिरिज जोहर र सन्नी खन्ना पनि नेपाल आउन लागेको जानकारी आयोजकले दिएको छ।बलिउड बाहेक रुस र लिथुनियाबाट पनि फिल्मकर्मी आउने अवार्ड कार्यक्रम निर्देशक दयाराम पाण्डेले पुष्टि गरेका छन्। ‘रसियाबाट यानिना काल्गानोभा र लिथुनियाबाट नेले साभिचेन्को किलिमिने नेपाल आउने टुङ्गो भईसकेको छ,’ कार्यक्रम निर्देशक पाण्डेले भने। यानिना सन् २००८ को चर्चित रसियन फिल्म ‘द भेनिस्ड एम्पायर’की अभिनेत्री हुन् भने ५६ वर्षीय नेले लिथुनियाका चर्चित अभिनेत्री हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.