आगामी सुक्रबार बाट देश भरका हलमा दबाब


Dabab-Film-poster

(सेलिब्रेटी नेपाल) २५ असार-जय मा अम्बे फिल्मस्को ब्यानरमा अनिता महर्जनद्वारा निर्मित नेपाली चलचित्र ‘दबाब’ यही असार–२८ गतेदेखि देशव्यापी रुपमा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।
पुराना निर्माता भानु महर्जनको प्रस्तुती रहेको ‘दबाब’ विशुद्ध प्रेम कथामा आधारित छ। प्रस्तुतकर्ता भानु महर्जनको चलचित्र ‘दबाब’मा आर्यन सिग्देल, नीता ढुंगाना, रबि गिरी, मोहन श्रेष्ठ, रश्मि भट्ट, प्रमिला खनाललगायतका कलाकारहरु मुख्य भूमिकामा रहेका छन्।

चलचित्रलाई दयाराम दहालले निर्देशन गरेका हुन् । चलचित्रमा द्वन्द्व राजेन्द्र खड्गी, संगीत बसन्त सापकोटा र दीपक शर्मा, नृत्य जानकी महर्जन, गम्भीर विष्ट र कविराज गहतराजको रहेको छ। चलचित्र दबाब संगै राजेन्द्र खड्गीको चलचित्र नथिंग इम्पोसिबल पनि यहि सुक्रबारबाट प्रदर्शन हुने छ। यी दुइ चलचित्र मध्ये कुन चलचित्रले दर्शकको साथ पाउनेछ अब केहि दिनको प्रतिक्षा पछि थाह हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.