बिष्णु खड्काले जिते सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड



काठमाडौँ। उत्कृष्ट भिडियो सम्पादनको अवार्ड बिष्णु खड्काले प्राप्त गरेका छन् । उनले हालै राजधानीमा सम्पन्न भएको एएमएस म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ए.एम.एस नेशनल अनर एण्ड अवार्ड २०७९ मा उक्त अवार्ड प्राप्त गरेका हुन् । सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा होटल हायत रिजेन्सीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । गीतकार खरेललाई रु.५१ हजार नगद राशिसहित सम्मान अर्पण गरिएको हो । त्यसैगरी विशिष्ट निर्देशक, कलाकार नीर शाह र विशिष्ठ अभिनेता शिव श्रेष्ठलाई रु.२१ हजार नगद राशिसहित विशिष्ठ सम्मान अर्पण गरिएको थियो ।

गीतसंगीत र चलचित्र सँग सम्बन्धित विभिन्न विधामा अवार्ड वितरण गरिएको समारोहमा खड्का लाई प्राविधिकतर्फ ” सर्वोत्कृष्ट भिडियो सम्पादन ” अवार्ड हात पार्न सफल भएका हुन् ।

कार्यक्रममा अग्रज कलाकार, सामाजिक व्यक्तित्व, पत्रकार, सहयोगी संस्था र प्रायोजकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमएएम एस म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न भएको हो ।