‘बेबीबसन्ती’गीतमाआकाश, सुरवीर र फुलन्देकीआमासंग बसन्तीको ठुम्का



काठमाडौ । गायिकातथामोडल बसन्ती राईको नयाँगीत ‘बेबीबसन्ती’ सार्वजनिकभएको छ । राजेश गुरुङको शब्दतथा संगीतमातयार भएको गीतमाबसन्तीको स्वर तथाअभिनय रहेको छ । यस गीतमाएरेञ्ज तथामिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ ।पुर्वेलीतथाआधुनिकगीतहरु ल्याइरहने बसन्तीले पहिलो पटक बिल्कुलै फरक आइटम गीतल्याएकीहुन् ।

चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भिर बिष्टले निर्देशन गरेको म्युजिक भिडियोमाबसन्तीले अभिनेताआकाशश्रेष्ठ, कलाकार सुरवीर पण्डीत र कमेडियन फुलन्देकीआमा उमेश राईसंग ठुम्का लगाएकी छिन् । बसन्ती र आकाशको हट डान्ससंगै रोमान्टिक मुडमा पनि देखिएका छन् । यस म्युजिक भिडियोमाकलाकार सुरवीर पण्डीतलाई फरक गेटअपमा निर्देशक गम्भिरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुतीदर्शकहले फरक स्वादको रुपमालिन सक्नेछन् । त्यस्तै फुलन्देकीआमाको पात्रपनिपहिलो चोटी क्लवमा डान्स गर्न पुगेकी छिन् ।

बसन्ती राईको प्रस्तुतीमा बनेको म्युजिक भिडियो गम्भिरको निर्देशनसंगै कोरियोग्राफीपनि रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा एडिट तथाकलर नबिन निरौलाको रहेको छ । बसन्तीको यो भन्दा अगाडी चर्चित गायक राजेशपायल राईसंग गाएको ‘सोई ढोले सोइ’, महानायक राजेश हमालसंग मोड्लिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’लगायत धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । यो गीतओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिकभएको छ ।