‘२ नम्बरी’ दोश्रो सातामा,प्राविधिकलाई बोनस बाँड्ने घोषणा



काठमाडौं। अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत चलचित्र ‘२ नम्बरी’ले घरेलू बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र ‘२ नम्बरी’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ।

बडा दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको सिनेमाका निर्माता किरण नेपालीको भनाईलाई विश्वास गर्ने हो भने सिनेमाले नाफा व्यापार गरिसकेको छ । यसैले उनले सिनेमा निर्माणको क्रममा नेपथ्यमा बसेर काम गरेका प्राविधिकलाई बोनस बाँड्ने घोषणा गरेका छन् । उनले भने-‘सिनेमा निर्माणको समयमा कम पारिश्रमिकमा निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं ।’

बोनस रकम कति दिने भन्नेबारेमा केही दिनमा टुंगो हुने उनको भनाई छ । सिनेमाले गर्ने लाइफ टाइम कलेक्सननको आधारमा प्राविधिकलाई बोनस दिने उनको योजना छ । नेपालमा सिनेमा हिट भएपछि निर्माताले छायांकनको समयमा प्राविधिकले गरेको दुःख सम्झिएर बोनस दिएका कमै उदाहरण छन् । प्राविधिकको हौसला बढाउन पनि बोनस दिने संस्कार बसाल्न आवश्यक छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको पनि मुख्य भूमिका रहेको छ । सिनेमा हेरेका अधिकांश दर्शकले सौगात मल्लको अभिनय, पञ्चलाइनलाई बढी रुचाएका छन् । दर्शकले सिनेमालाई मनोरञ्जनको खुराक भनेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.