राजेन्द्र खड्गीकि अर्की छोरि पनि नायिका,नाती नायक


 

Romi-khadgi
(सेलिब्रेटी नेपाल) २४ असार-तीन दशकसम्म नेपाली चलचित्र क्षेत्रमा द्वन्द्व विधामा एकछत्र राज गरेका राजेन्द्र खड्गीको परिचय अहिले बदलिएको छ। उनले आफूलाई द्वन्द्व निर्देशक मात्र नभनी चलचित्र निर्देशकका रूपमा पनि चिनाउने प्रयास गरेका छन्। राजेन्द्रद्वारा निर्देशित पहिलो चलचित्र नथिङ इम्पोसिबल अब आउने सुक्रबार अर्थात् असार २८ गते बाट प्रदर्शन हुँदै छ।
द्वन्द्व निर्देशक हुँदै कलाकार, गायक र चलचित्र निर्देशकसम्मको परिचय बनाएका राजेन्द्रले नथिङ इम्पोसिबलमा नातिलाई मुख्य भूमिका दिएका छन्। परिवारका तीन पुस्ता नै अभिनित नथिङ इम्पोसिबलमा नौ वर्षीया  नाति आर्यन खड्गीलाई नायक बनाएर प्रस्तुत गरिएको उनी बताउँछन्। आर्यन राजेन्द्रकी जेठी छोरी रागिनी खड्गीका छोरा हुन्। रागिनी एकल जीवन बिताउँदै आएकी छन्। तीन वर्षअघि नेपाली रजतपटमा प्रवेश गरेकी रागिनीको श्रीमान्को दुर्घटनामा मृत्यु भएपछि अहिले उनी बाबु राजेन्द्रसँग बस्दै आएकी छन्।
राजेन्द्रले नथिङ इम्पोसिबलबाट अर्की छोरी रोमी खड्गीलाई पनि नायिका बनाएका छन्। रोमीले हालै मास्टर्स सिध्याएकी हुन्। चलचित्र क्षेत्रप्रति बढी नै झुकाव भएकाले अभिनय गरेको उनले बताएकी छन्। नथिङ इम्पोसिबलमा रागिनी, रोमी, आर्यन र राजेन्द्र खड्गी गरी परिवारका चार सदस्यले अभिनय गरेका छन्। त्यही भएर होला, राजेन्द्रले सो चलचित्रलाई महत्वकांक्षी चलचित्र मानेका छन्। यसअघि राजेन्द्रले रणसंग्राम निर्माण गरेका थिए। तर सो चलचित्रले लगानीसमेत उठाउन सकेको थिएन। नथिङ इम्पोसिबललाई चर्चा दिलाउन उनले कोरियन गायकको विश्वप्रसिद्ध पपगीत ‘गङनाम स्टाइल′ लाई नेवारी भाषामा अनुवाद गरी राखेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.